अर्थमन्त्री तथा राजस्व सचिव अन्तरगत रहने राजस्व महाशाखामा सहसचिव महाशाखा प्रमुख हुने व्यवस्था रहेको छ ।
सहसचिवको मातहतमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कको प्रशासन गर्ने आन्तरिक राजस्व प्रशासन हेर्ने १, भन्सार लगायत अन्तराष्ट्रिय सङ्गठन हेर्ने १, राजस्वसम्बन्धी तथ्याङ्क लगायतका विषय हेर्ने १ तथा गैरकर हेर्ने १ जना जना गरी जम्मा ४ जना उपसचिव र निजहरूको मातहत १/१ जना शाखा अधिकृत रहने व्यवस्था रहेको छ ।
शाखा अधिकृतहरूका मातहतमा ३ जना नायव सुब्बा, १ जना कम्प्युटर अपरेटर र २ जना सवारी चालक तथा २ जना परिचर रहने व्यवस्था छ । सहसचिवको निजी सचिवको कार्य गर्ने गरी १ जना नायव सुब्बा रहने व्यवस्था छ ।