You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

भूमिका/कार्य/जिम्मेवारी

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ ले अर्थ मन्त्रालयको कार्य विभाजन देहाय बमोजिम तोकेको छः

  • आर्थिक अवस्थाको विश्लेषण, आर्थिक तथा वित्तसम्बन्धी नीतिकोतर्जुमा, कार्यान्वयन र नियमन;
  • आर्थिक साधनको बाँडफाँट, कुल राष्ट्रिय लगानी प्रक्षेपण र वित्तीयव्यवस्थापन;
  • समष्टिगत आर्थिक स्थायित्व, मूल्य स्थिरतासम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन;
  • विकास सहायता नीतिको तर्जुमा, कार्यान्वयन, अनुगमन, मूल्याङ्कन रनियमन;
  • केन्द्रीय बैङ्क सञ्चालन,नियमन र मौद्रिक नीति;
  • बैङ्क तथा वित्तीय संस्थाहरू सम्बन्धी नीति,कानुन,समन्वय र नियमन;
  • विदेशी मुद्रा विनिमय तथा नियन्त्रण;
  • आर्थिक तथा सामाजिक विकास र मुद्रा तथा बैङ्किङ सम्बन्धीद्विपक्षीय,बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क र समन्वय;
  • वैदेशिक ऋण, अनुदान तथा अन्य द्विपक्षीय र बहुपक्षीय सहायतासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कार्यान्वयन;
  • सङ्घीय सञ्चित कोष वा सङ्घीय सरकारी कोष सञ्चालन,राजस्व रव्ययको अनुमान,विनियोजन ऐन,पूरक अनुमान, पेस्की खर्च, उधारोखर्च, आकस्मिक कोष र अन्य सरकारी कोष;
  • बजेट तर्जुमा,कार्यान्वयन र नियमन;
  • सरकारी जमानत;
  • सङ्घ, प्रदेश र स्थानीय तहको आन्तरिक र वैदेशिक ऋण एवं अनुदानसम्बन्धी नीति, कानुन र नियमन;
  • तलव, भत्ता,उपदान, निवृत्तिभरण लगायतका सेवा सुविधा र आर्थिक दायित्वसम्बन्धी विषय;
  • सङ्घ, प्रदेश र स्थानीय तहको सार्वजनिक पदाधिकारीको सुविधासम्बन्धी नीति, कानुन र मापदण्ड;
  • सरकारी बाँकी रकमको अभिलेखीकरण र असुली;
  • राजस्वसम्बन्धी नीति, कानुन, मापदण्ड, योजना, प्रक्षेपण, कार्यान्वयन र नियमन;
  • राजस्व प्रशासनको सञ्चालन र सुदृढीकरण;
  • सार्वजनिक खर्चसम्बन्धी नीति, कानुन, कार्यान्वयन र नियमन;
  • आर्थिक, कार्यविधिसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन;
  • मूल्य नीति;
  • लेखा तथा लेखापरीक्षण प्रणाली;
  • सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन;
  • सङ्घ, प्रदेश र स्थानीय तहबीच वित्तीय हस्तान्तरण सम्बन्धी नीति,कानुन, कार्यान्वयन, समन्वय र नियमन;
  • सङ्घीय विनियोजन, राजस्व, विभाज्य कोष, धरौटी, कार्य सञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्ति;
  • भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, आयकर, राहदानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर एवं अन्य कर तथा गैरकर, सेवा शुल्क दस्तुर लगायतका सेवा शुल्कहरूको लक्ष्य निर्धारण, प्रशासन, सङ्कलन र बाँडफाँट;
  • कर तथा भन्सार राजस्व सम्बन्धी द्विपक्षीय, क्षेत्रीय, बहुपक्षीय समन्वय, सन्धि, सम्झौता, समझदारी, कार्यान्वयन र नियमन;
  • राजस्वसम्बन्धी तथ्याङ्क अभिलेखन र सूचना आदान प्रदान;
  • धितोपत्र तथा कमोडिटी बजारसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन;
  • बीमासम्बन्धी नीति, कानुन, मापदण्ड र नियमन;
  • सङ्घ, प्रदेश र स्थानीय तहमा राजस्व र प्राकृतिक स्रोत उपयोग वा लाभको बाँडफाँटसम्बन्धी नीति, कानुन, मापदण्ड र कार्यान्वयन;
  • राजस्व चुहावट नियन्त्रण;
  • महालेखा परीक्षकको कार्यालय;
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग;
  • निक्षेप तथा कर्जा सुरक्षण कोष;
  • सरकारी स्वामित्वमा रहेका संस्थानको नियमन, नियन्त्रण, समन्वय र निर्देशन तथा तलव, भत्ता, बोनस, लगानी र लाभांशसम्बन्धी नीति निर्धारण;
  • राजस्व र आर्थिक प्रशासन सम्बन्धी तालिम, अध्ययन र अनुसन्धान;
  • कर्मचारी सञ्चय कोष;
  • नागरिक लगानी कोष;
  • अवकाश कोष;
  • सार्वजनिक संस्थानहरू र निजीकरण सम्बन्धी नीति, कानुन,मापदण्ड, अनुगमन र नियमन;
  • मन्त्रालय सम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान,कम्पनी आदिको सञ्चालन र नियमन;
  • नेपाल लेखापरीक्षण सेवाको सञ्चालन ।

You are visiting old MOF website. Please visit mof.gov.np for latest updates.