You are visiting old MOF website. Please visit mof.gov.np for latest updates. अर्थ मन्त्रालय, नेपाल सरकार
आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English
ताजा समाचार

रणनीतिक लक्ष्य

रणनीतिक लक्ष्यहरु

  • कर प्रणालीलाई सरल बनाउने, करका आधार फराकिलो गर्ने र करका उपयुक्त दरहरु तोक्ने ।
  • कर प्रशासनको दक्षता र प्रभावकारीतामा सुधार गर्ने ।
  • प्राथमिकताप्राप्त क्षेत्रहरुको लागि बढी दक्ष, प्रभावकारी र न्यायोचित रुपमा साधनको बाँडफाँड गर्ने नीति अवलम्वन गर्ने ।
  • वित्तीय संस्था र वित्तीय उपकरणहरुको माध्यमबाट उत्पादन र बजारको सुदृढीकरण गर्दै सक्षम वित्तीय प्रणालीको विकास गर्ने ।
  • सरकारी स्वामित्वका संस्थानहरुलाई कुशल बनाउनको लागि विनिवेश नीतिका साथै आवश्यक अन्य नीतिहरु अवलम्वन गर्ने ।
  • पारदर्शी र उत्तरदायी आर्थिक तथा वित्तीय सूचना प्रणाली विकास गर्ने ।
  • सार्वजनिक क्षेत्रका कर्मचारीहरुको लागि प्रभावकारी र उचित प्रोत्साहन प्रणालीलाई संस्थागत गर्ने ।
  • प्रभावकारी सार्वजनिक खर्च नीतिहरुको तर्जुमा र कार्यान्वयन गर्ने ।
  • वैदेशिक सहायताबाट प्राप्त स्रोतहरुको व्यवस्थापनको लागि प्रभावकारी अनुगमन र मूल्यांकन प्रणालीलाई संस्थागत गर्ने ।
  • सार्वजनिक र निजी क्षेत्र वीच विश्वासको वातावरण कायम गर्दै समग्र आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरणको सृजनामा सहयोग गर्ने ।

You are visiting old MOF website. Please visit mof.gov.np for latest updates.